तुलसीपुर, असोज ३० । शुक्रवार तुलसीपुरमा थप ११ जना नयाँ संक्रमित थपिएका छन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्वाब संकलन गरिएका ७ जना र प्रादेशिक आर्युेबेदिक अस्पतालवाट स्वाब लिएका थप ४ जना गरि ११ जनामा कोरोना संक्रमन पुष्टि भएको छ । संक्रमित मध्य ७ र ८ बर्षीया बालिकापनि छन् ।
तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार वडा नं. ३ मा ७ बर्षीया एक बालिकालाई संक्रमन पुष्टि भएको छ । त्यस्तै वडा नं. ५ मा ३७ र ४२ बर्षका दूई पुरुष, वडा नं. ६ मा ८ बर्षीया बालिका र ३३ बर्षीय पुरुष, वडा नं. ७ मा २६ र ५५ बर्षीया महिला, वडा नं. ११ मा ४८ बर्षीय पुरुष, वडा नं. १२ मा ५१ बर्षीय पुरुष, वडा नं. १५ मा ३१ बर्षका पुरुष र वडा नं. १८ का ३७ बर्षका पुरुषलाई कोरोना पुष्टि भएको छ ।
वडा नं. १२ का ३२ बर्षका पुरुषलाई फलोअप परीक्षणका क्रममा पुनः संक्रमन देखिएको छ ।
यो संगै तुलसीपुरमा कोरोना संक्रमितको कुल संख्या ३ सय ७२ पुगेको छ । त्यसमध्य सक्रिय संक्रमितको संख्या १ सय ४६ पुगेको छ । हालसम्म २ सय ५६ जना निको भएर घर फर्किसकेको तुलसीपुरका फोलक पर्सन केसीले जानकारी दिएका छन् ।