२०८१ चैत्र ६ गते बुधवार

नेपालमा शुक्रवार ४३९२ संक्रमित थपिए , २१ जनाको मृत्यु

दाङ, असोज ३० । नेपालमा शुक्रबार ४ हजार ३९२ जना कोरोना संक्रमित थपिएका छन । यो सहित देशभर संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रवार ३ हजार ५२२ निको भएर घर फर्किएको बताए । कोरोनाबाट निको हुनेको कुल संख्या ८८ हजार ४० पुगेको डा. गौतमले नियमित पत्रकार सम्मेलनमा बताए ।

त्यस्तै शुक्रवार थप २१ जनाको संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका प्रबक्ता गौतमका अनुसार हाल सम्म ७ सय १५ जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *