२०८१ चैत्र ३ गते आइतवार

चुनावी प्रचारका लागि जुम्ला पुग्यो व्यापारीको टोली

शरद रेग्मी, जुम्ला, असोज ३० । नेपाल उधोग बाणिज्य सघंको महाधिबेसनमा उम्मेदवार बनेका व्यापारिक नेताहरु आफ्नो पक्षमा माहोल निर्माण गर्न जुम्ला पुगेका छन् ।

नेपाल उधोग बाणिज्य महासघंका केन्द्रीय सदस्य किशोर आचार्यको नेतृत्वमा तुलसीपुर उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावत ,तुलसीपुर उधोग बाणिज्य सघंका पुर्ब अध्यक्ष एवम सरसफाई अभियान्ता बिमल रिजाल, कोहोलपुर उधोग बाणिज्य सघका अध्यक्ष चक्रबहादुर अधिकारीसहितको ब्यापारीको टोली सुर्खेत, दैलेख, जाजरकोट पछि जुम्ला पुगेको हो ।

‘हामीहरु समानुपातिक विकास अवधारणाको एजेण्डा बोकेर कर्णालिसम्म आइपुगेका छौं । कर्णाली समृद्ध नभएसम्म मुलुकको आर्थिक समृद्धि हासिल हुन सक्दैन,’ केन्द्रीय सदस्यका एक प्रत्यासी विमल रिजालले भने ।

कर्णालीमा लगानिको वाताबरण सृजना गर्दै त्यहाँ उत्पादित जडिबुटी र तथा अर्गानिक स्याउको बजारिकरण गर्न आबश्यक रहेको रिजालले बताए ।

टोलीले सुर्खेत उधोग बाणिज्य सघंका अध्यक्ष धनबहादुर रावत, दैलेख उधोग बाणिज्य सघंका अध्यक्ष कुलबहादुर बिक, कालिकोट उधोग बाणिज्य सघंका अध्यक्ष रतन शाही,जुम्ला उधोग बाणिज्य सघंका अध्यक्ष रज्जब अली मनिहार, नेपालगन्ज उधोग बाणिज्य सघंका अध्यक्ष अब्दुल वहिद मन्सुरी, गुलरिया उधोग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर चौधरी र बर्दिया उधोग बाणिज्य सघंका अध्यक्ष कृष्ण रेग्मीसंग संबन्धित जिल्लामै पुगेर ब्यबसायिक चुनौति र अबसरका बारेमा छुट्टाछुट्टै छलफल गरेको थियो ।

आउंदो मंसिर १० र ११ गते काठमाण्डौमा संघको महाधिवेशन हुने मिति तय गरिएको छ ।

 

 

 

 

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *