२०८३ असार १० गते बुधवार

प्रहरीमा ५ हजार बढी नयाँ भर्ना खुल्यो


काठमाडौं,असोज ३० । नेपाल प्रहरीले पाँच हजार बढी नयाँ प्रहरीका लागि भर्ना खोलेको छ । पाँच हजार दुई सय २७ जना नयाँ प्रहरी भर्ना गर्न प्रहरीले विज्ञापन खोलेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी दिवसको अवसर पारेर जवानका आवेदन माग गरेको छ ।

खुलातर्फ दुई हजार आठ सय १७ जना र अन्य समावेसी कोटा मार्फत ती पदहरु पुर्ती गरिने छन् । समावेशी तर्फ आदिवासी जनजातिका लागि सात सय ३७ र महिलातर्फ चार सय ४१ जना माग गरिएको छ । नेपाल प्रहरीका लागि कक्षा आठ वा सो सरह उत्तिर्ण गरेकोले आवेदन दिन पाउँछन् । पुरुषको हकमा उचाइ पाँच फिट दुई इन्च र तौत ५० केजी हुनु पर्ने प्रावधान राखिएको छ ।

त्यस्तै महिलाको लागि उचाई पाँच फिट र तौत ४२ केजी भए पुग्छ । १८ वर्ष उमेर पुगेका र २३ वर्ष ननाघेका जो कोही इच्छुकले प्रहरीमा फारम भर्न पाउने व्यवस्था छ । फारम भर्ने समय कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र तोकिएको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले दरखास्त दिन पाउने छन् । दरखास्त फारम भर्न एक सय ५० रुपैंया तोकिएको छ ।

प्रकाशित मिति : २०७७ असोज ३० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *