
फाइल तस्बिर
काठमाडौं,असोज २९। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई कोरोना संक्रमण भएको छ ।आफूलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल ट्विटरमार्फत जानकारी दिएका छन् । बुधबार टाउको सामान्य दुखेपछि कोरोना संक्रमण परीक्षण गरेका उनमा बिहीबार संक्रमण पुष्टि भएको हो ।
अहिले आफ्नो अवस्था सामान्य रहेको र केही दिनयता आफूसँग सम्पर्कमा रहेकाहरुलाई सुरक्षित र सतर्क रहन थापाले आग्रह गरेका छन् । अहिले थापा होम आइसोलेसनमै बसेका छन् ।
कोरोना महामारीबाट बच्न सावधानी र सतर्कता कायम राखेकै अवस्थामा हिजो सामान्य टाउको दुखाईको कारण कोभिड-१९ पिसिआर परिक्षण गर्दा मेरो रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ।अवस्था सामान्य छ। केही दिन यता मसंग सम्पर्कमा आउनुभएका सबैलाई सुरक्षित र सतर्क रहनु हुन अनुरोध गर्दछु।
— Kamal Thapa (@KTnepal) October 15, 2020
प्रकाशित मिति : २०७७ असोज २९ गते बिहिवार