२०७७ कार्तिक ११ गते मङ्गलवार

दाङमा बुधवार ५७ जना नयाँ संक्रमित थपिए


तुलसीपुर,असोज २८ । बुधवार दाङमा थप ५७ जना नयाँ संक्रमित थपिएका छन् । जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार बुधवार घोराहीमा ३७, तुलसीपुरमा ८, राप्ती गाउँपालिकामा ७, लमहीमा ३, बंगलाचुलीमा र दंगिरशण गाउँपालिकामा १÷१ जना नयाँ संक्रमित थपिएका हुन । त्यसमध्य दूई जना डाक्टर समेत रहेको फोकल पर्सन चन्दले फरककोणलाई बताए ।

यो संगै जिल्लामा कुल संक्रमितधको संख्या बुधवार सम्म १ हजार ६ सय २ पुगेको छ । हालसम्म दाङमा सक्रिय संक्रमितको संख्या ४ सय ५४ पुगेको छ । त्यसमध्य १ हजार १ सय ४८ जना निको भएर घर फर्किएका छन् । जिल्ला फोकल पर्सन चन्दका अनुसार हालसम्म दाङका ६ जनाको कोरोना संक्रमनका कारण मृत्यु भइसकेको फरककोणलाई बताए ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *