२०८१ चैत्र ९ गते शनिवार

प्रदेश सांसद शंकर गिरीलाई कोरोना संक्रमन पुष्टि


दाङ, असोज २८ । नेपाली काँग्रेसका नेता तथा लुम्बिनी प्रदेशका सांसद शंकर गिरीलाई कोरोना संक्रमन पुष्टि भएको छ । दाङवाट प्रतिनिधित्व गर्ने सांसद गिरीलाई असोज २६ गते कोरोना संक्रमन पुष्टि भएको हो ।
बाँकेस्थित भेरी अस्पतालमा गिरिएको पिसिआर परीक्षणका लागि उनले असोज २५ गते स्वाब दिएका थिए ।

पारिवारीक स्रोतले अनुसार उनको स्वास्थ्य अवस्था सामान्ने छ । उनी होम आइसोलेसनमा बस्दै आएका छन् ।
यसअघि नै लुम्बिनी प्रदेशका सांसद तथा लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीलाई पनि संक्रमन पुष्टि भएको थियो । उनी हाल बाँकेस्थित भेरी अस्पतालमा उपचाररत छन् । उनको स्वास्थ्यपनि क्रमिक रुपमा सुधार उन्मुख रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

यसअघि लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कुष्णी थारु, कानुन मन्त्री कुलबहादुर केसीलाई कोरोना संक्रमन पुष्टि भइसकेको छ । राजधानी घोषणा सभामा सहभागि उनीहरुलाई एकवाट अर्कौमा संक्रमन फैलिएको अनुमान गरिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *