२०८० चैत्र १६ गते शुक्रवार

थप २६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं, असोज २८ । पछिल्लो २४ घण्टमा थप २ हजार ६ सय ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।

देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ ।

आज मात्रै कोरोनाबाट २ हजार १७४ निको भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ८० हजार ९५४ पुगेको छ।

आज मात्रै १२ जनाको कोरोनाबाट मृत्यु भएको छ भने यो सहित कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७५ पुगेको छ।

प्रकाशित मिति : २०७७ असोज २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *