२०८१ चैत्र ६ गते बुधवार

दंगालीले महत्व नबुझेरै मारीदिए एउटा सुन्दर सर्प

तस्विर – वशन्त सुवेदी

तुलसीपुर, असोज २७ । दाङमा पहिलो पटक फेला परेको लोपउन्मुख एउटा सुन्दर सर्पलाई स्थानीयले मारिदिएका छन् । ‘अर्नेट फ्लाईङ स्नेक’ अर्थात उड्ने सर्पलाई केही दिन पहिले घोराहीका स्थानीयले मारेका हुन ।

घोराही उपमहानगरपालिका वडा नं. २ सुर्केडाँगीमा फेला परेको झन्डै डेढ मिटर लामो सुन्दर उक्त सर्प स्थानीय एक व्यक्तिको पर्खालमा चढ्दै गरेको अवस्थामा देखेपछि स्थानीयले मारिदिएका हुन ।

घोराहीका एकजना सर्प उद्धार कर्ता वशन्त सुवेदी त्यहाँ पुग्नु भन्दा अगाबै स्थानीयले जिल्लामा पहिलो पटक देखा परेको उक्त दुर्लभ र सुन्दर सर्प मारिएको एकजना स्थानीयले बताएका छन् ।

यो सर्पले सञ्तानलाई सोझै जन्म दिन्छ । हेर्दा निकै सुन्दर देखिने यो सर्पको बासस्थान तराईका वन जंगल हो ।

 

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *