२०८१ चैत्र ३ गते आइतवार

दाङमा यो वर्ष विपदबाट ४८ र प्रदेशभर १७० जनाको मृत्यु

प्रतिकात्मक तस्बिर

तुलसीपुर,असोज २७ ।लुम्बिनी प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले दाङमा यो वर्ष विपद्बाट ४८ जनाको मृत्यु भएको जानकारी दिएका छन् । विभिन्न विपदका घटनामा परि थप २२ जना घाइते भएका दाहालले बताए । अन्तराष्ट्रिय विपद जोखिम न्युनिकरण दिवसको अवसरमा मंगलवार तुलसीपुरका स्थानीय सरकारका प्रतिनिधि र सरोकारवालाहरुको बीचमा भएको भर्चुवल संवादमा दाहालले विपमा लुम्बिनी प्रदेश भर १ सय ७० जनाको मृत्यु भएको बताए । त्यस बाहेक विपदवाट थप १ सय ४४ जना घाइते भएको उनले जानकारी दिए ।

संवाद समुह सचिवालय र नेपाल रेडक्रस सोसाईटी दाङले आयोजनामा प्रभाबकारी सुशासन, रणनीतिक योजना विषयक संवाद कार्यक्रममा दाहालले विप्द जोखिम न्यूनिकरण गर्न प्रदेशले २ सय ७३ वटा रणनीतिक क्रियाकलापहरु तय गरेको बताए ।

संघीय सरकारले २ सय ७१ वटा रणनीतिक क्रियाकलाप तय गरेको भएपनि आफुहरुले ४ वटा प्राथमिक क्षेत्र र १८ वटा कार्यहरु निर्धारण गरेर ती रणनीतिक क्रियाकलापहरु तय गरेको उनले जानकारी दिए । दाहालका अनुसार प्रदेशभरका १२ वटा जिल्लामा वितेको वर्षमा ४ सय ८ वटा विपदुका घटनाहरु भएका थिए ।

विपद न्यूनिकरणका लागि रणनीतिक योजनाको खाँचो
कार्यक्रममा तुलसीपुरकी उपप्रमुख माया आचार्यले उपमहानगरपालिकाले विपद् व्यवस्थापन सम्बन्धी १० वर्षे दिर्घकालिन नीति तथा रणनीतिक कार्ययोजना निमार्ण कार्य अन्तिम चरणमा पुगेको बताइन त्यो नीति सन २०२०÷०३० सम्मका लागि निर्माण गर्न लागिएको छ ।

विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७५ र संगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयहरुलाई उपलब्ध गराउने राहत सम्बन्धि मापदण्ड २०७६ निमार्ण गरि सकेको आचार्यले बताइन । ‘हामीले नगरस्तरीय विपद व्यवस्थापन समिति गठन गरेका छौँ’, उनले भनिन ‘१९ वटै वडामा पनि वडा स्तर समिति गठन गरि सकेका छौँ।’

उपमहानगरपालिकाको विपद् व्यवस्थापन कोषमा १ करोड रकम रहेको उनले बताइन । आवधिक योजना तर्जुमा पनि अन्तिम चरणमा पुगेको उनले बताइन ।

आपतकालिन कार्यसञ्चालन केन्द्रको निमार्ण तथा आवश्यक सामाग्री व्यवस्थापन गर्न तयार नेपाल संग संस्थागत साझेदारी गरिरहेको उनले बताइन ।

कार्यक्रममा घोराहीकी उपप्रमुख सीता सिग्देलले विपद्को जोखिम न्युनिकरण गर्न नगरस्तरिय विपद् व्यवस्थापन समितिदेखि प्रत्येक वडाहरुमा वडा स्तरीय विपद व्यवस्थापन समिति गठन गरिसकेको जानकारी दिइन ।

कार्यक्रममा शान्तिनगर गाँउपालिकाका अध्यक्ष कमानसिंह डाँगी,फोकल पर्सन कृष्ण कँडेल, राप्ती गाँउपालिकाका उपाध्यक्ष जगदम्बा चौधरी, बिपद् फोकल पर्सन सुवास भट्टराई, बबई गाँउपालिकाका फोकल पर्सन भुवन चन्द, बंगालाचुली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वली, तयार नेपाल परीयोजनाका गोमा वली, प्याक्टिकल एक्सनका प्रोजेक्ट म्यानेजर कृष्ण बसौला लगाएले धारणा राखेका थिए ।

त्यस्तै अधिकारकर्मी निर्मल नेपाली, नेपाल पत्रकार महासंघकी उपाध्यक्ष लिला शाह,अपाङ्ग समाज सुधार केन्द्रका अध्यक्ष हुमाकान्त कंडेल लगाएतले बिपद् जोखिम न्यूनिकरणका लागि रणनीतिक योजनाको खाँचो रहेको औंल्याएका थिए । संवाद समुह दाङका सहजकर्ता सुष्मा गिरीको अध्यक्षतामा भएको भर्चुअल संवाद कार्यक्रमको सहजीकरण समूहका बरिष्ठ सहजकर्ता सुशिल बस्नेतले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *