हिमाल खड्का, दाङ, असोज २७ । बबई गाउँपालिका वडा नं। ३ निवासी दीपा केसी यतिबेला घाईते भएर हस्पिटलमा छटपटाई रहेकी छन् ।
उनको काठमाडौंस्थित टिचिङमा उपचार भइरहेको छ । । घटना गत १९ गतेको हो ।
घर लिप्ने माटो ल्याउन गएकी उनलाई माथिवाट खसेको माटोको ढिस्कोले पुरेपछि उनको आधा शरिर नचल्ने भएको छ । चिकित्सकका अनुसार उनको ढाड नै भाँचिएको छ ।
त्यसकारण उनी अस्पतालमा छटपटाई रहेकी हुन । यसपालिको दशैं कोरोनाले गर्दा रङ्गिन नहुन भएपनि आफ्नो घर लिपपोत गरि रङ्गिन बनाउने उनको सपनाका कारण उनी यस्तो अवस्थामा पुगेकी हुन ।
माथिवाट खसेको ढिस्कोले उनलाई पुरेको अवस्थामा उद्धार गरि उपचारका लागि उनलाई तुलसीपुर ल्याइएको थियो । यहाँ उपचार संभव नभए उनलाई काठमाडौंको रेफर गरिएको हो ।
त्यो घटना पछि आज केसीको कम्मरदेखि मुनिको कुनैपनि भाग चल्दैन। उपचार गर्न करिव १२ लाख खर्च लाग्ने कुरा चिकित्सकले गरेको दीपाका श्रीमान रुद्र केसीले बताए ।
केसी परिवारलाई तत्कालै १२ लाख कहाँबाट जुटाउने भन्ने समस्या परेको छ । उनले आफ्नी पत्निको जीवन रक्षाको लागि सबैसंग सहयोगको याचना समेत गरेका छन् ।