२०८१ चैत्र ३ गते आइतवार

नयाँ पाइलाद्धारा सिडिओ रिजाललाई विदाई

तुलसीपुर,असोज २७ । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले मूल्याङ्कनको आधार जिल्लावासी भएको बताएका छन ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको नयाँ पाइला पुनस्र्थापना केन्द्रको आयोजनामा सम्मान तथा बिदाई कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले काम गर्ने क्रममा आफ्ना सयौ त्रुटि हुन सक्ने र ती त्रुटिलाई सच्याएर काम गर्ने दाङवासीले अवसर प्रदान गरेको बबताए ।

संस्थाका सल्लाहकार सुष्मा गिरीको अध्यक्षतामा कार्यक्रममा प्रादेशिक आयुर्वेद चिकित्सालका निमित्त निर्देशक डाक्टर गोकर्ण दाहाल, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकाश शाखा अधिकृत माया श्रेष्ठ,पर्यावरणीय दिगो विकास एवम अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावत, कालिका मालिका प्रालिका पूर्व अध्यक्ष सुमन पोखरेल,गोरक्ष राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक खेमराज रिजाल, गणतन्त्र दैनिकका यमकला भुसाल लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सम्मानित व्यक्तित्व गोविन्द रिजाललाई सम्मानपत्र, दोसल्ला र मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाकी योग प्रशिक्षक संगीता उपाध्यायले कविता बाचन गरेर स्वागत गरेकी थिइन ।

संस्थाका सल्लाहकार सुनिलकुमार पोखरेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रेस सल्लाहकार गोकर्ण पौडेलले गरेका थिए ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *