२०८० चैत्र ६ गते मङ्गलवार

जस्ले आफ्नो जन्मदिनमा बन्दनाको कलेज खर्च बहोर्ने निधो गरे

दाङ, असोज २७ । तुलसीपुरका एक युवाले आफ्नो जन्मदिनको अवसरमा एकजना दलित तथा जेहेन्दार विद्यार्थीको कलेज खर्च बेहोर्ने निर्णय गरेका छन् ।

सुवाश भट्टराई

तुलसीपुर उपमहानगरपालिका वडा नं। ८ दुधेना घर भइ हाल अमेरिकामा बस्दै आएका सुवाश भट्टराईले आफ्नो २३ औँ जनमदिनको अवसरमा तुलसीपुर १३ निवासी बन्दना नेपालीको कलेज खर्च बहोर्ने निर्णय गरेका छन् ।

भट्टराईले नेपालीको कक्षा ११ र १२ को पढाइको जिम्मा लिने घोषणा सहयोगी मार्फत गरेका हुन । उनले पहिलो चरणमा नेपालीलाई मंगलवार १४ हजार रुपंैया आफ्ना सहयोगी मार्फत सहयोग प्रदान गरेका छन् ।

आर्थिक अवस्था कमजोर रहेका कारण नेपालीले अध्ययनलाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्ने जानकारी पाएपछि भट्टराईले उनको कक्षा ११ र १२ को पढाई खर्च बेहोर्ने निर्णय गरेको अजुर्न भट्टराईले जानकारी दिए ।

आहा अभियान तुलसीपुरका संयोजक दिपक काफ्ले मार्फत अमेरिकाबाट भट्टराईले नेपालीलाई पहिलो चरणको सहयोग रकम प्रदान गरेको भट्टराईले बताए ।

बन्दना नेपालीले यही वर्ष जन ज्योती माबिबाट एसइई उत्तिर्ण गरेकी हुन ।

प्रकाशित मिति : २०७७ असोज २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *