२०८३ जेष्ठ २९ गते शुक्रवार

लुम्विनी प्रदेशको राजधानी भालुवाङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरियो


भालुवाङ,असोज २६। लुम्विनी प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको छ । राजधानीको ब्यवस्थापनको लागि विभिन्न अध्यन अनुगमन संगै त्रिभुवन विश्व विद्यालय भुगर्व शास्त्र केन्द्रिय विभागद्धारा राप्ती गाउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन गरिएको हो ।

भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थी, डाक्टर सुवेश घिमिरे र डाक्टर कमलाकान्त आचार्यको टोलिले ईलेक्ट्रीकल रेजिस्टीभीटी सर्भेको माभ्यमवाट दुई दिन लगाएर यस क्षेत्रको भौगोलोक अवस्थाको अध्यन तथा विभिन्न खाले कम्पन्नको सहनशिलताका वारेमा अध्यन गरिएकोे हो ।

लुम्वीनि प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्र आसपासमा म्यान्टलको माथिल्लो सतहको अवस्था, म्यान्टलमा ताप र चापको फरकले गर्दा कन्भेक्सन करेन्टहरु पैदाहुने तरगंको कारण र अवस्थाका वारेमा अध्यन गरिएको टोलिका भुगर्व शास्त्री डाक्टर सुवेश घिमिरेले जानकारी दिए ।

शास्त्री डाक्टर सुवेश घिमिरेले विगतको अवस्थालाई अध्यन गर्दा कुमाउ देखी पोखरा लमजुङ सम्मको क्षेत्रमा ठुलो भुकम्पीय धक्काको महसुस नगरिएको अवस्थामा यस क्षेत्रको भौतिक संरचना निर्माणमा प्रयोग गर्न सकिने विधि पत्ता लगाउन अनुसन्धान गरिएको बताए ।

राप्ती तटिय जमिनको अवस्था र तराई, मधेष, पहाड, हिमालको भौगोलिक अवस्था तथा तल्लो भागमा रहेको जमिनको अवस्था फरक रहने हुदा राप्ती गउँपालिका क्षेत्र, शितगंगाको वडा नं ८ र ९ साथै गढवाको वडा नं १ रङसिङ क्षेत्रको भुकम्पीय जोखीम मापन पश्चात विश्व विद्यालयले सरोकार वालाहरुलाई जानकारी प्रवाह गर्ने तथा भौतिक संरचना निर्माणको क्रममा सल्लाह सुझाव प्रदान गर्ने भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थीले जानकारी दिए ।

भुकम्पीय जोखीम मापनका लागि उच्च स्तरको भि एस ३० र रिजोनेश फ्रिक्युन्सीका मापनमा ११ वटा लो फ्रिक्युन्सी जीयोफोन को प्रयोग गरि सेस्मो ग्राफको माध्यमवाट धेरै टाढा वाट आउने पृथ्वीको कम्पनलाई पत्ता लगाउन यो विधाको प्रयोग गरेको शास्त्री डाक्टर सुवेश घिमिरेले बताए ।

हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष करीब दुइ देखि पाँच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै जाने र हिमालयन प्लेटका आधारमा भुकम्पीय धक्काको अनुमान गर्न सकिनेहुदा यस क्षेत्रको अध्यन गरिएको टोलिका भुगर्व शास्त्री डाक्टर कमलाकान्त आचार्यले जानकारी दिए ।

लुम्विनी प्रदेशका लागि आगामी दिनमा ठुला भौतिक संरचना निर्माणहुने हुदा जमीनको भुबनौटको वारेमा जानकार हुनु आवस्यक रहेकोले आगामी दिनमा निर्माणहुने संरचना र जमीनको विचमा रहेको अन्तर सम्वन्धलाई बलियो बनाउन पनि यो अनुसन्धान गरिएको र आउन सक्ने प्रकोप बाढि, पहिरो, भुकम्प, हावाहुरि लगायतका प्रकोप संग जमिनले कस्तो प्रतिक्रिया आउछ भन्ने पक्ता लगाउन यो अनुसन्धानले सहयोग गर्ने भुगर्भ शास्त्रि डाक्टर सुमन पन्थीले जानकारी दिए ।

लाखौं बर्ष पहिले भारत महादिप हालको स्थान भन्दा धेरै दक्षिणतर्फ अफ्रिका र अन्टार्टिका महादिपहरुको नजिकै रहेको र पछि भारत महादिप चलायमान हुंदै उत्तरपुर्व तर्फ बढ्दै आई एसियासंग तल पर्ने गरी ठोक्किन पुग्यो जसले गर्दा सगरमाथा लगायतका हिमालहरुको उत्पति भएको मानिदै आएको छ ।

पछिल्लो समय भारत महादिप यसरी अगि बढ्ने क्रम अझै पनि जारी रहेको छ । हिमालय क्षेत्रमा भारत महादिप ठाउँअनुसार हरेक बर्ष करीब दुइ देखि पाँच सेन्टिमिटरका दरले एशिया महादिपतर्फ (नेपालका सन्दर्भमा चीन तर्फ) धस्रिंदै गएको छ भन्ने कुरा जि पि एस ले नापिएको तथ्यांकले देखाउने अध्यनमा संलग्न टोलिले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *