
तुलसीपुर, असोज २६ । एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि यातायात व्यवस्था कार्यालय वन्द गरिएको छ । कार्यालयका एकजना कर्मचारीलाई सोमवार कोरोना पुष्टि हुनासाथ असोज ३० गतेसम्म कार्यालयका सबै सेवाहरु वन्द गरिएको छ ।
कार्यालयले विज्ञप्ती जारी गर्दै कार्यालयको निर्मलीकरण गर्न तथा थप कर्मचारीको पिसिआर परीक्षण गर्नका लागि कार्यालय वन्द गरिएको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार