काठमाडौं, असोज २६ । पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्।
यो सँगै कुल संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ ।पछिल्लो २४ घण्टमा १४७३ जना संक्रमणमुक्त भएका छन् भने यो संगै कुल ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । सोमबार ९ जनाको कोरोनाबाट मृत्यु भएको छ । अहिले सम्म ६४५ जनाको मृत्यु भएको छ भने ।
प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार