२०८१ चैत्र ४ गते सोमवार

घोराहीमा २० दिनका लागि विद्यालयहरु बन्द

दाङ,असोज २६ । दाङमा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि घोराही उपमहानगरपालिकाले पालिकाभित्रका सम्पूर्ण विद्यालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेका छ ।

कोरोना भाइरसको त्रास रहेका बेला बालबालिकाहरुलाई विद्यालयमा बोलाएर शिक्षण सिकाई गराउने कार्य जोखिम रहेको भन्दै घोराही उपमहानगरपालिकाले आजदेखि लागु हुुने गरि कार्तिकको १५ गतेसम्म २० दिनका लागि सामुदायिक र संस्थागत विद्यालयमा सञ्चालन भै रहेको शिक्षण सिकाई क्रियाकलाप बन्द गर्ने निर्णय गरेको हो ।

घोराही उपमहानगरपालिकाका कार्यबहाक नगर प्रमुख भरतमणि अर्यालको अध्यक्षतामा आइतवार बसेको शिक्षा समितिको बैठकले तत्कालका शिक्षण सिकाईका क्रियाकलापहरु बन्द गर्ने निर्णय गरेको घोराही उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख बिनोद गौतमले जानकारी दिएका छन् ।

उनका अनुसार उपमहानगरपालिकाले कक्षा ११ को परिक्षा समेत कार्तिकको १५ गतेसम्मलाई रोक लगाएको छ । तर विद्यालयको दैनिक प्रशासनिक कार्य भने सञ्चालन गर्न दिने भएको छ ।

घोराही उपमहानगरपालिकाले असोजको १ गतेदेखि नगरका सम्पूर्ण विद्यालयहरुमा शिक्षण सिकाईको कार्य सञ्चालन गर्दै आएको थियो ।

प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *