असोज २६ । आजदेखि बुटवल-पाल्पा सडक खण्ड बिहीबारसम्म दैनिक ३ घण्टा बन्द गरिने भएको छ ।बिहान ६ बजेदेखि ९ बजेसम्म सडक २९ गतेसम्म बन्द हुने भएको हो।
सिद्धार्थ राजमार्गमा पर्ने बुटवल पाल्पा सडकखण्डको चिडिया खोलादेखि बर्तुङसम्म पहिरो सफा गर्ने काम भएकोले दैनिक ३ घण्टा सडक बन्द गरिने सडक डिभिजन कार्यालय, पाल्पाले जनाएको छ ।
प्रकाशित मिति : २०७७ असोज २६ गते सोमवार