२०८३ जेष्ठ २३ गते शनिवार

क्यान्सर पीडित बालकको उपचारमा समस्या

विमल योगी, घोराही,असोज २५ । दाङको घोराही उपमहानगरपालिका वडा नं। २ निमुरिया निवासी सुन्दर परियारले आफ््नो छोराको उपचारका लागि आर्थिक सहयोगका लागि याचना गरेका छन् ।

बिगत तीन बर्षदेखी घाँटीको क्यान्सरका कारण समस्या झेल्दै आएका उनका १० बर्षीय छोरा समल परियारको उपचारका लागि आर्थिक समस्या भएकाले सहयोग गर्न उनले आग्रह गरेका हुन ।

घरको आर्थिक अवस्था निकै नाजुक रहेको र आम्दानीको स्रोत नभएकाले उपचार गर्न नसकिएको परियारले बताएका छन् । तीन बर्ष अगाडी भैरहवामा घाँटीको मासु निकनलेर चेकजाच गर्दा मात्र क्यान्सर रोग पत्ता लागेको थियो ।

हाल सम्म आफन्त,घोराही उपमहानगरपालिका र चन्दा उठाएर करिव तीन लाख जति खर्चमा बालकको अप्रेसन भएको छ । तरपनि रोग निको नभएको हुँदा थप मानविय नाताले सहयोग गरि छोराको जीवन बचाइदिन आग्रह गरेका छन् ।

वीपी कोइराला क्यान्सर हस्पिटल चितवनले बच्चाको पुन ः अप्रेसन गर्नुपर्ने र त्यसका लागि कम्तिमा तीन लाख रुपंैया खर्च लाग्ने बताएको छ ।

सहयोग गर्न चाहाने व्यक्ति तथा संघसंस्थालाई मोवाईल नम्वर ९८२९२७३६८७ मा सम्पर्क गर्न उनले आग्रह गरेका छन् । रोगका कारण गौरी प्रावि निमुरियामा कक्षा ४ मा बढ्दै गरेका बालकको पढाई समेत रोकिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *