२०८१ चैत्र ६ गते बुधवार

एक कर्मचारीलाई कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय वन्द गरियो

तुलसीपुर, असोज २५ । जिल्ला प्रशासन कार्यालय घोराहीमा कार्यरत एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि कार्यालय वन्द गरिएको छ ।

कर्मचारीलाई शान्ति सुरक्षा र मुद्दा बाहेक अन्य सबै सेवा असोज २५ गतेदेखि ३० गतेसम्मको लागि वन्द गरिएको हो ।

प्रशासकीय अधिकृत अम्मरराज शर्माले आइतवार एक विज्ञप्ती मार्फत त्यस्तो जानकारी दिएका छन् ।

कार्यालयका एकजना कर्मचारीलाई कोरोना संक्रमन पुष्टि भएपछि अन्य केही कर्मचारीको पनि स्वाब परीक्षणका लागि पठाइएको हुँदा सेवा बन्द गर्नु परेको जानकारी दिइएको छ ।

 

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *