२०८१ चैत्र ३ गते आइतवार

चितवनमा काँग्रेसवाट निर्वाचित वडाध्यक्ष तामाङको मृत्यु

चितवन, असोज २५ ।  चितवनमा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित एकजना वडाध्यक्षको मृत्यु भएको छ ।

भरतपुर महानगरपालिका वडा नं। २० का वडाध्यक्ष ६९ बर्षीय मणिलाल तामाङको कोरोना सङक्रमणबाट मृत्यु भएको छ।

भरतपुर अस्पतालमा उपचारको क्रममा आइतवार बिहान ११ः३० बजे उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उनलाई असोज १६ गते कोरोना संक्रमन पुष्टि भएको थियो । उनलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि असोज २३ गते अस्पताल भर्ना भएका थिए ।

पछिल्लो समय अवस्था जटिल बन्दै गएपछि भ्यान्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *