२०८१ चैत्र ३ गते आइतवार

सरकारसँग सहमतिपछि तोडियो डाक्टर केसीको १९ औं अनशन

काठमाण्डौ,असोज २५ । सरकारसँग ८ बुँदे सहमति भएसँगै डाक्टर गोविन्द केसीले अनशन तोड्ेका छन ।

चिकित्सा शिक्षा सुधारलगायत ६ बुँदे माग राखेर भदौ २९ गतेदेखि अनशन बसेका डाक्टर केसीसँग सरकारले मध्यरातमा ८ बुँदे सहमति गरेसँगै उनले अनशन तोडेका हुन ।

उनले कोरोना जितेका शिक्षण अस्पतालका कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर १९ औं अनशन तोडेका हुन ।

अनशन तोडे लगत्तै डाक्टर केसीलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको छ ।

गएराति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा आवश्यक सम्पूर्ण भौतिक पूर्वाधार एवं जनशक्तिको व्यवस्था गरी आउँदो शैक्षिक सत्रदेखि एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने, सुदूरपश्चिमको गेटा मेडिकल कलेज सञ्चालनका लागि आउँदो संसद् अधिवेशनबाट एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी विधेयक पास गर्ने, भौतिक पूर्वाधार तयार गरी २०८० फागुन १० भित्रै एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने लगायत ८ बुँदामा सहमति भएपछि उहाँको २८ दिन लामो अनशन तोडेका हुन।

यसैबीच सरकार र डाक्टर गोविन्द केसीबिच सहमति भएसँगै आवासीय चिकित्सकले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ ।

हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड(१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका चिकित्सकले आन्दोलन फिर्ताको घोषणा गरेको हो ।

प्रकाशित मिति : २०७७ असोज २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *