२०८३ जेष्ठ २७ गते बुधवार

घोराहीका १५ बर्षीय किशोरको कोरोनाका कारण मृत्यु

दाङ, असोज २४ । दाङ घोराहीका एक जना १५ बर्षीय किशोरको कोरोनाका कारण मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. ३ गोग्ली निवासी ती किशोरको नेपालगञ्जमा उपचारका क्रममा शुक्रवार राति मृत्यु भएको हो ।

बाँकेका जिल्ला फोकल पर्सन नरेश श्रेष्ठका अनुसार उनी असोज १९ गते बाँकेस्थित नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका थिए । कोरोना पुष्टि भएपछि उनलाई असोज २० गते नेपालगञ्ज मेडिकल कलेज अस्पतालको कोभिड–१९ यूनिटमा भर्ना गरि उपचार भइरहेको थियो ।

उनको स्वास्थ्यमा सुधार नआएपछि शुक्रवार राति उनको मृत्यु भएको जिल्ला फोकल पर्सन श्रेष्ठले जानकारी दिएका छन् । यो संगै हालसम्म दाङका ६ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *