२०८१ चैत्र ६ गते बुधवार

अर्घाखाँचीमा एकै परिवारका आठ जनामा कोरोना पुष्टि


अर्घाखाँची, असोज २४। सन्धिखर्क नगरपालिका-१ मा एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ। शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्का परिवारका आठ जनामा कोरोना देखिएको हो।

उनकी आमा, श्रीमती, छोरा, छोरी, भाइ र दुई बहिनीमा कोरोना देखिएको विशाल खड्काले बताए। यससँगै आज जिल्लामा थप ३४ कोरोना सङ्क्रमित बिरामी थपिएका छन्। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा समुदायस्तरका ३४ जना कोरोना सङ्क्रमित थपिएका जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी विजय बरालले जनाए।

यससँगै अर्घाखाँचीमा कोरोना सङ्क्रमितको सङ्ख्या ४८६ पुगेको छ। सक्रिय सङ्क्रमितको सङ्ख्या ९० रहेको छ। कोरोनाका सङ्क्रमणबाट चार जनाको ज्यान गएको छ। रासस

प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *