काठमाडौं, असोज २४ । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा सारिएको छ ।
चौथो दिनमा पनि स्वास्थ्यमा केही सुधार नभएपछी गएरातिदेखि चौधरीलाई आइसीयूमा सारिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ।
चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रकाशित मिति : २०७७ असोज २४ गते शनिवार