२०८१ चैत्र ३ गते आइतवार

बरामद १ किलो अवैद्य सुन राजश्व अनुसन्धान कार्यालय पठाइयो


तुलसीपुर, असोज २३ । विहीवार अमिलियावाट बरामद भएको अवैद्य १ किलो सुन प्रहरीले राजश्व अनुसन्धान कार्यालय कोहलपुर पठाएको छ । आवश्यक कारवाहीका लागि बरामद भएको १ किलो सुन र पक्राउ परेका तीनै जना, सवारी साधनसहित सबैलाई शुक्रवार राजश्व कार्यालय कोहलपुर पठाइएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख डिएसपी सुमित खड्काले जानकारी दिए ।

‘हामीले आवश्यक कारवाहीका लागि बरामद भएको अवैद्य सुन र मानिसहरुलाई आजै कोहलपुर राजश्व कार्यालय पठाई सक्यौं,’ डिएसपी खड्काले भने । विशेष सुराकीको आधारमा जुत्ताको तलुवा मुनि लुकाएर लैजाँदै गरेको सुन प्रहरीले बरामद गरेको थियो । जसको बजार मूल्य झन्डै ९० बराबर पर्छ ।

यो पनि पढ्नुहोस 

दाङबाट जुत्ता मुनि लुकाएर सुनको अवैध तस्करी हुँने गरेको तथ्य उजागर

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *