तुलसीपुर, असोज २३ । शुक्रवार तुलसीपुरमा थप १४ जना नयाँ संक्रमित थपिएका छन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लिइएको स्वावमा तीन जना महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भयको हो ।
तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार संक्रमित हुनेमावडा नं. ६ का ४ जना रहेका छन् । त्यसमध्य १८ बर्षीया एक किशोरी र २१,२६ र २८ बर्षका पुरुष छन् । त्यस्तै वडा नं. ६ का ४ जना मध्य ४३ बर्षीया एक महिला र २१,२३ र ३५ बर्षका पुरुष रहेका छन् । त्यस्तै वडा नं. १८ का पनि ४ जना संक्रमित फेला परेका छन् । यो वडामा पनि २२ बर्षीया एक महिला, २१,३४ र ३५ बर्षीया पुरुषहरुमा संक्रमन पुष्टि भएको छ ।
वडा नं. १५ मा २७ बर्षका एक पुरुष र वडा नं. १९ मा पनि ३६ बर्षीय एक पुरुषमा संक्रमन पुष्टि भएको छ । यो संगै तुलसीपुरमा कोरोना संक्रमित कुल संख्या ३०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ९४ जना पुगेको कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । दिनानु दिन संक्रमितको संख्या बढ्दै गएको भएपनि सहर बजारमा आवश्यक सावाधानी अपनाएको भने देखिदैन ।