काठमाण्डौ,असोज २३ । पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा १४ सय नौ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाण्डौमा ११ सय १६ जना, भक्तपुरमा एक सय ३० जना र ललितपुरमा एक सय ६३ जनामा कोरोनाको सङ्क्रमण भेटिएको हो ।
त्यस्तै शुक्रबार देशैभर दुई हजार ५९ जनामा सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको कुल सङ्ख्या एक लाख ६ सय ७६ पुगेको छ । सङ्क्रमितमध्ये २७ हजार ५३ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।
प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार