२०८१ चैत्र ४ गते सोमवार

नेपालगञ्जमा एक महिलाको कोरोनाका कारण मृत्यु

दाङ, असोज २३ ।  बाँकेको नेपालगञ्जमा थप एक जना महिलाको कोरोना संक्रमनका कारण मृत्यु भएको छ ।

यो संगै बाँके जिल्लाका मात्रै २३ जनाको कोरोना संक्रमनवाट मृत्यु भएको छ । बाँके बाहेक बाहिरी जिल्लाबाट उपचारका लागि ल्याइएका थप ११ जना गरि हालसम्म कुल ३४ जनाको मृत्यु भइसकेको छ ।

नेपालगञ्ज उपमाहानगरपालिका वडा नं. १ धम्बोजी निवासी ८५ वर्षीया महिलाको बिहीवार राति ९ बजे नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार उनी दमकी विरामी थिइन ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि असोज २१ गते साँझ साढे ६ बजे नेपालगञ्ज शिक्षण अस्पताल नेपालगञ्जमा लगिएको थियो ।

त्यहाँ आइसियू बेड नभएपछि उनलाई नेपालगञ्जस्थित भेरी अस्पतलामा लगेर भर्ना गरिएको थियो । आशंका लागेर असोज २२ गते साँझ उनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएकोमा असोज २३ गते विहान मात्रै उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

स्वास्थ्यमा सुधार नआएपछि उनको विहीवार राति ९ बजेतिर मृत्यु भएको श्रेष्ठले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *