२०८१ चैत्र ३ गते आइतवार

स्वर्गीय वडाध्यक्ष न्यौंपानेको पार्थिव शरिरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान

तुलसीपुर, असोज २३ । शुक्रवार विहान निधन भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको पार्थिम शरिरमा राष्ट्रिय झण्डा ओडाएर सम्मान व्यक्त गरिएको छ ।

तुलसीपुरस्थित अरनिको मैदानमा अन्तिम श्रद्धाञ्जलीका लागि झन्डै १ घन्टा जति वडाध्यक्ष न्यौंपानेको पार्थिव शरिर राखिएको थियो ।

नेपाली काँग्रेस तुलसीपुर १३ का वडा पार्टी सभापति समेत रहेका न्यौंपानेलाई अन्तिम श्रद्धाञ्जली दिन नेपाली काँग्रेस दाङका सभापति कीर्तिबहादुर खड्का, जिल्ला सचिव शंकर डाँगी, पूर्व सभापति तथा पूर्व सांसद गेहेन्द्र गिरी, तुलसीपुर उपमहानगरपालिकका निमित्त प्रमुख प्रशासकीय अधिकृत, सबै वडाध्यक्षहरु लगाएत शुभेच्छुकहरु पुगेका थिए ।

काँग्रेस पार्टी सभापति,तुलसीपुरका निमित्त प्रमुख प्रशासकीय अधिकृत लगाएतले स्वर्गीय वडाध्यक्षको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यसैबीच स्वर्गीय वडाध्यक्ष न्यौंपानेको अन्तिम संस्कार सितलपुरस्थित बबई नदी घाटमा गरिने भएको छ । त्यसका लागि दिउँसो साढे १ बजेतिर उनको पार्थिव शरिर उतै लगिएको छ ।

 

 

तस्विर – सुवाश डिसीको फेसबुकवाट ।

 

 

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *