२०८१ चैत्र ४ गते सोमवार

आफ्ना चालक र सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि सांसद चौधरी होम आइसोलेनसमा

तुलसीपुर, असोज २३ । नेपाली काँग्रेसका नेता तथा ५ नं. प्रदेशका सांसद डिल्लीबहादुर चौधरी होम आइसोलेसनमा बसेका छन् ।

आफ्नो गाडी चालक र सुरक्षाकर्मीलाई कोरोना संक्रमन पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका हुन । यद्यपी उनको पिसिआर परीक्षण रिपोर्ट भने हालसालै नेगेटिभ आएको छ ।

‘मेरा सुरक्षाकर्मी र चालकलाई कोरोना पोजेटिभ देखिएको हुँदा अब म हप्ता दिनसम्म होम आइसोलेसनमै बस्छु,’ चौधरीले भने ‘सार्वजिनक ठाउँका कार्यक्रम र भेटघाट समेत बन्द गरिसकेको छु।’

उनले अतेन्तै जरुरी काम परेको खण्डमा आफुलाई फोनमा सम्पर्क गर्न आग्रह पनि गरेका छन् ।

यसैबीच सांसद चौधरीले पछिल्लो समय कोरोना संक्रमन उच्च दरमा बढी रहेको भन्दै थप सजगता अपनाउने उनले सबैमा आग्रह समेत गरेका छन् ।

‘कोरोनालाई कसैलेपनि खेलवाड ठान्नु भएन,’ चौधरीले भने ‘ यो घातक छ सबैले सुरक्षित विधि अपनाएर मात्रै घर बाहिर निस्कनु पर्छ।’

दशैं तिहार जस्ता ठूला पर्व आउँदै गर्दा कोरोनाको त्रासदी झनै बढेर गएको हुँदा थप सजगता अपनाउन आवश्यक रहेको प्रदेश प्रद्रेश ५ का लेखा समितिका सभापति समेत रहेका सांसद चौधरीले बताए ।

‘ आफु बाँचे चाड पर्व अर्कौ सालपनि मनाउन पाइन्छ,’ चौधरीले भने ‘ यस्तो बेला सबैले उच्च सतर्कता अपनाउन जरुरी छ ।’

सहर बजारमा दिनहुँ उच्च संक्रमन बढीरहेको भन्दै उनले सहर बजारमा हेलचेक्याँई गरेर त्यसै भौंतारिने किशोर किशोरीले घरमा जेष्ट नागरिक तथा बालबालिका सम्म संक्रमन फैलाउने खतरा रहेको हुँदा युवा पुस्ता बढी सजग हुन जरुरी रहेको उनले तर्क गरे ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *