तुलसीपुर, असोज २३ । शुक्रवार विहान निधन भएका तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको आजै दिउँसो अन्त्येष्टि हुने भएको छ ।
छोरो पोषण न्यौंपानेका अनुसार दिउँसो तुलसीपुरको सितलपुरस्थित बबई घाटमा अन्तेष्टि गर्ने गरि तयारी भइहरेको जानकारी दिए ।
पछिल्लो समय स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमन पुष्टि नभइ मृत्यु भएकाहरुको पिसिआर परीक्षण नगर्ने निर्णय गरेको छ ।
तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोलक पर्सन विमल केसीका अनुसार सरकारी निर्देशिका अनुसार वडाध्यक्षको पनि मृत्यु पछि कोरोनाका जाँचका लागि पिसिआर परीक्षण नहुने जानकारी दिए ।
प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार