२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुर १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको असमाहिक निधन

तुलसीपुर, असोज २३ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौंपानेको असमाहिक निधन भएको छ । ६५ बर्षीय न्यौंपानेको शुक्रवार विहान साढे ९ बजेतिर राप्ती प्रादेशिक अस्पताल तुलसीपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

निमुनिया भएको आशंकामा उनलाई परिवारका सदस्यले गाडीमा राखेर तुलसीपुरस्थित राप्ती प्रादेशकि अस्पताल ल्याउँदै गर्दा उनका बाटोमै मृत्यु भएको छोरा पोषण न्यौंपानेले फरककोणलाई जानकारी दिए ।

छोरा न्यौंपानेका अनुसार उनका बुवालाई विगत केही दिनदेखि सामान्ने खोकी लागेको भएपनि अन्य कुनै समस्या थिएन ।सामान्ने खोकी देखिएपछि तीन चार दिन अगाडि तुलसीपुरस्थित सिटी हस्पिटलबाट सामान्ने उपचार पछि घरमै बसेर वडाध्यक्ष न्यौंपानेले आराम गर्दै आएका थिए ।

शुक्रवार विहान अलि अप्ठेरो हुन थालेपछि बुवालाई गाडीमा राखेर तुलसीपुर ल्याउने क्रममा बाटोमै मृत्यु भएको छोरा पोषणले जानकारी दिए । स्थानीयका बीच निकै लोकप्रिय वडाध्यक्ष न्यौंपाने गत स्थानीय निर्वाचनमा न्यौंपाने नेपाली काँग्रेसवाट निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २०७७ असोज २३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *