२०८१ चैत्र ९ गते शनिवार

तुलसीपुरका मेयरसहित २१ जनामा विहीवार कोरोना संक्रमन पुष्टि

तुलसीपुर उपमहानगरपालिका सहित १९ वटै वडाहरु एक हप्ताका लागि बन्द गरिए

फाइल तस्बिर : बसन्त आचार्यको फेसबुकबाट

तुलसीपुर, असोज २२ । तुलसीपुर उपमहागनरपालिकाका मेयर घनश्याम पाण्डेसहित विहीवार २१ जना नयाँ संक्रमित थपिएका छन् । मेयर पाण्डे कोरोना संक्रमन पुष्टि हुनुभन्दा पहिले ४ दिन अगाडिदेखि नै आशंका लागेर होम आइसोलेनसमा बस्दै आएका छन् ।

उनलाई संक्रमन पुष्टि भएपछि कार्यबहाक मेयर माया आचार्यको अध्यक्षतमा बिहीवार बसेको आकस्मिक बैठकले असोज २९ गतेसम्मको लागि उपमहानगरपालिका वन्द गर्ने निर्णय गरेको छ । तुलसीपुर उपमहानगरपालिका र सबै १९ वटै वडाहरु २९ गतेसम्मका लागि वन्द गर्ने निर्णय भएको मेयरका प्रेस संयोजक वशन्त आचार्यले जानकारी दिए ।

मेयरसंगै उनका सचिवायलका एक कर्मचारीलाई पनि विहीवार कोरोना संक्रमन पुष्टि भएको छ । तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीका अनुसार विहीवार तुलसीपुर १२ का ७ जनामा संक्रमन पुष्टि भएको छ । जसमा २८,३१ र ५९ बर्षीया महिला छन् भने २२,२३,३१ र ७४ बर्षका पुरुषहरु छन् ।

त्यस्तै वडा नं. २ मा २० र २७ बर्षका दूई पुरुष, वडा नं. ५ मा २४ र ४५ बर्षका दूई पुरुष, वडा नं. ६ मा ३० र ३९ बर्षका दूई पुरुष, ७ मा ३६,४० र ४४ बर्षका तीन पुरुष, वडा नं. ८ का ३२, ४० र ४७ बर्षका तीन पुरुष र वडा नं. ९ का २८ बर्षका अर्का एक पुरुषमा पनि संक्रमन पुष्टि भएको फोकल पर्सन विमल केसीले फरक कोणलाई बताए ।

केसीका अनुसार तुलसीपुरमा हालसम्म संक्रमितको संख्या २ सय ८८ पुगेको छ । त्यसमध्य विहीवार सम्म सक्रिय संक्रमितको संख्या ८० जना पुगेको फोकल पर्सन केसीले बताए । त्यो बाहेक अन्य सबै निको भएर घर फर्किसकेका छन् । तुलसीपुरमा हालसम्म एकजनामा मृत्यु पछि कोरोना संक्रमन पुष्टि भएको छ ।

दाङमा विहीवार सम्म कुल संक्रमितको संख्या १ हजार ३ सय २४ पुगेको छ । त्यस्तै सक्रिय संक्रमितको संख्या भने २ सय ६४ पुगेको छ । हालसम्म दाङमा ५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *