२०८१ चैत्र ३ गते आइतवार

अमिलियावाट १ किलो अबैध सुनसहित ३ जना पक्राउ

दाङ, असोज २२ । दाङ प्रहरीले एक किलो अवैध सुनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दूई जना दाङ घोराहीका र एक जना रुपेन्देहीको बुटवल निवासी रहेको स्रोतले बताएको छ । यो खवर तयार पार्दासम्म उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन ।

विशेष सुराकीका आधारमा विहीवार विहान ११ बजेतिर तर दाङको लमही नगरपालिका वडा नं. ९ अमिलिया बजार क्षेत्रवाट उनीहरुलाई पक्राउ गरिएको एकजना प्रहरी अधिकारीले जानकारी दिए । जुत्ता मुनि लुकाएर ल्याउँदै गरेको अवस्थामा ५÷५ सय ग्रामको सुन जस्तै देखिने धातु बरामद भएको ती प्रहरी अधिकारीले बताए । प्रहरीले घटनावारे बृस्तृत जानकारी केही बेरमा सार्वजनिक गर्ने बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *