२०८१ चैत्र ६ गते बुधवार

बालिका बलात्कारको प्रयास गर्दा दाङका एक व्यक्ति काठमाडौंमा पक्राउ

काठमाडौं, असोज २२ । ७ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको अभियोगमा काठमाडौंमा दाङका एक व्यक्ति पक्राउ परेका छन् ।

दाङको घोराही नगरपालिका वडा नं। ४ घर भइ हाल महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गे विकलाई उक्त अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

विकले बुधबार दिउँसो पौने ४ बजे काठमाडौं महानगरपालिका ३२ महादेवस्थानस्थित बागमती करिडोरमा बालिकामाथि बलात्कारको प्रयास गरेको स्थानीयले समेत देखेपछि ती बालिकाको उद्धार भएको थियो ।

स्थानीय सर्वसाधारणले नै विकलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *