बुटवल, असोज २२ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुवोध तुलाचनको कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
४७ वर्षीय तुलाचन नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा बुधबार राति १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
४७ वर्षीय तुलाचन नेपाली कांग्रेसबाट निर्वाचित वडा सदस्य हुन । उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा बुधबार राति १० बजेतिर मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ ।
कोरोना संक्रमन पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । तर असोज १४ गते उनी बेहोस भएपनि अस्पताल भर्ना गरिएको थियो।
उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि गएराति मृत्यु भएको जानकारी दिइएको छ ।
उनको मृत्युको कारण निमोनियाले गर्दा भएको थियो । त्यस्तै उनलाई कलेजोमा समेत समस्या उत्पन्न भएको जानकारी दिइएको छ ।
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार