काठमाडौं,असोज २२ । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका वडा नं। ६ का ४७ वर्षीय पुरुषको बुधबार साँझ ५ः३० बजे मृत्यु भएको हो ।
उनी सोही दिन दिउँसो १ बजे कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । उनमा असोज १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
रुपन्देहीमा बुधबार साँझ नै सिद्धार्थनगर नगरपालिका वडा नं। ५ का सदस्य सवोध तुलाचनको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
४७ वर्षीय तुलाचनको रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
