२०८१ चैत्र ४ गते सोमवार

नमुना विकासको मिशनमा पूर्वाधार विकास कार्यालय

दुई बर्षमा दुई पक्की पुल, २४ किलोमिटर पक्की सडक

दाङ, असोज २२ । स्थानीय पालिकामा यो र त्यो बहानामा सडकको स्तरोन्नति धरापमा परेको र संघीय सरकार मातहतका गौरवकायोजना पनि अलपत्र परिरहेको अवस्थामा प्रदेश मातहत दाङमा स्थापना भएको पूर्वाधार विकास कार्यालयले पनि विकास निर्माणमानमुना बन्ने अभ्यासमा अघि बढ्न थालेको छ । अर्थपूर्ण र परिणामुखी कामलाई निरन्तरता दिने अभ्यासमा सो कार्यालयले दुई बर्षकैबीचमा पनि उल्लेख्य उपलब्धि हासिल गरेको जनाएको छ ।

प्रदेश नं. ५ अन्र्तगतको पूर्वाधार विकास कार्यालय घोराहीमा स्थापना भएपछिको दुई वर्षको अबधिमा पूर्वाधार विकासका क्षेत्रमाभएका उपलब्धिहरु देखिन थालेका छन् । कार्यालय स्थापना भएपछि जिल्लामा सडक, पुललगायतका संरचना निर्माणका लागि बर्षेनीकरोडांै रुपैयाँ खर्च हुने गरेको छ । जसले गर्दा जिल्लामा सडक तथा पुल निर्माणको काम अघि बढेको छ । जसअन्र्तगत पुराना पुलतथा सडक मर्मतदेखि नयाँ सडक तथा पुल निर्माणका कामहरु भइरहेको पूर्वाधार विकास कार्यालय दाङले जनाएको छ । कार्यालयलेपछिल्लो दुई वर्षको अवधिमा जिल्लामा दुईवटा ठूला पुल निर्माणसँगै २४ किलोमिटर सडक विस्तारसँगै कालोपत्रे गरेको पूर्वाधारविकास कार्यालय दाङले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ७ र ५ जोड्ने बबई नदीको नैनवार र पश्चिम दाङको चिराघाटमा पक्की पुल पूर्वाधार विकासकार्यालयमार्फत निर्माणको काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय दाङका प्रमुख बासुदेव भण्डारीले जानकारी दिएका छन् ।उनका अनुसार पूर्वाधार कार्यालय दाङले दुई बर्षमा गरेका यी दुई ठूला पुल हुन् । उनका अनुसार त्यस्तै पछिल्लो दुई वर्षको अवधिमाजिल्लाका विभिन्न स्थानमा करिब २४ किलोमिटर सडक कालोपत्रे भएको छ । ‘कार्यालय स्थापना भएपछि बबई नदीको नैनवर रपश्चिम दाङको चिराघाटमा पक्की पुल निर्माण गरेका छौं, अन्य स्थानमा निर्माणको काम भइरहेको छ’, भण्डारीले भने– ‘पुल निर्माणसँगैकार्यालयले सडक कालोपत्रे, ग्राभेल र कल्भर्ट निर्माणको काम समेत गरिरहेको छ ।’ जसले पुलसँगै खोला तथा नालाहरुमा कल्भर्टनिर्माण भए पनि बर्षातको समयमा समेत हिँड्डुल गर्न सहज भएको छ ।

पुल निर्माण र सडक कालोपत्रेसँगै कार्यालय दुई वर्षमा ३० किलोमिटर सडक ग्राभेल तथा सडक नपुगेको स्थानमा करिब १८किलोमिटर सडक बिस्तारसमेत गरेको छ । सडक कालोपत्रे, ग्राभेल, नयाँ सडक विस्तारलगायतका गरेका सडकहरुमा दुई बर्षकोअवधिमा कार्यालयले ५६ किलोमिटर पक्की नाला निर्माण गरेको प्रमुख भण्डारीले बताए । त्यसैगरी उनले कार्यालय स्थापना भएपछिजिल्लाका साना–ठूला गरेर २ सय ८० भन्दा बढी साना तथा ठूला कल्भर्टसमेत निर्माणको काम सम्पन्न गरेको छ ।

कार्यालय स्थापना भएको दुई वर्ष नपुग्दै जिल्लामा पूर्वाधार विकासतर्फ कार्यालयले धेरै काम गरेको पूर्वाधार विकास कार्यालयदाङका प्रमुख भण्डारीले बताए । ‘नयाँ संरचनामा कार्यालय स्थापना हुँदा धेरै काम गर्न पाएका थिएनौ तर पछिल्ला बर्षहरुमा राम्रो कामजिल्लामा भएको छ’, प्रमुख भण्डारीले भने– ‘दुई बर्षको अवधिमा धेरै पूर्वाधार विकासको काम गरेका छौं ।’ बबई नदीमा यो पुलनिर्माण सम्पन्न भएपछि घोराही उपमहानगरपालिकाको धर्ना क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपज बजार ल्याउन निकै सहजभएको छ ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्र्तगत पूर्वाधार विकास कार्यालय दाङबाट चालु आर्थिक वर्षमा तीनवटा शीर्षकमा ८७ करोड८४ लाखभन्दा बढीका योजनाहरु सञ्चालित छन् । सडक तथा पुल निर्माण शीर्षकतर्फ ६ वटा पुल निर्माणका लागि १२ करोड ६० लाखरुपैयाँको लागतमा निर्माण शुरु भएका छन् । दामोदर सडकअन्र्तगत सिस्ने र कटुवा खोलाको दोभानमा निर्माण शुरु भएको यो पुलकोलागत १९ करोड ६० लाख रुपैयाँ रहेको छ । त्यस्तै देउखुरीको दोलही खोला पुल, दंगीशरण गाउँपालिकाको माया खोलामा बैबाङजोड्ने पुल यही शीर्षकअन्र्तगत निर्माण शुरु भएको पूर्वाधार किवास कार्यालय दाङले जनाएको छ ।

त्यसैगरी बखरिया सरुवाडाँडा गोल्टाकुरी कालितारा सडक, गरगरिया–सुकौरा सडक बहुवर्षे योजनाअन्र्तगत प्रदेश सरकारबाटनिर्माण भइरहेका महत्वपूर्ण सडक हुन् । पुल बाहेक ६० वटा सडक यसवर्ष निर्माण भइरहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।सडक पुल मर्मत सुधार तथा सडक सुरक्षा कार्यक्रमअन्र्तगत ९ वटा सडकको १ सय ५० किलोमिटर भन्दा बढी क्षेत्रमा नियमित मर्मतसुधारको काम पनि भइरहेको कार्यालय प्रमुख भण्डारीले जानकारी दिएका छन् ।

सडक मर्मत सुधारका लागि सम्बन्धित वडा कार्यालयले छनोट गरेका ७७ जना मर्मतकर्ताहरुले नियमित सडक मर्मत रसरसफाईको काम गरिरहेका छन् । त्यस्तै संघको सशर्त अनुदानअन्र्तगत पुराना ४ वटा पुल मर्मत र नयाँ २ वटा पुल निर्माण हुने भएकोकार्यालय जनाएको छ । यी सबै योजनाका लागि ८७ करोड रुपैयाँभन्दा बढी बजेट आएको पूर्वाधार विकास कार्यालय दाङले जनाएकोछ । यस आर्थिक बर्षमा सञ्चालित नयाँ योजना बाहेक अघिल्ला वर्ष ठेक्का सम्झौता भएर काम भइरहेका सडक तथा पुल निर्माणकाकामहरु भइरहेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७ असोज २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *