२०८१ चैत्र ६ गते बुधवार

घोराहीकी ३५ बर्षीया महिलाको कोरोनाका कारण मृत्यु

दाङ, असोज २१ । दाङ घोराहीकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ निवासी ३५ बर्षीया महिलाको बाँकेस्थित भेरी अस्पतालमा बुधवार दिउँसो ३ बजे मृत्यु भएको हो ।

उनलाई असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । सोही दिन राति ११ ः ४५ बजे उनलाई नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार नआएपछि बुधवार दिउँसो ३ बजेतिर मृत्यु भएको बाँकेका जिल्ला कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।

ती महिलाको फोक्सोमा गम्भीर प्रकृतिको निमुनियाका कारण मृत्यु भएको श्रेष्ठले जानकारी दिएका छन् । ती महिलामा कोरोना संक्रमन बाहेक त्यो भन्दा अघि कुनैपनि स्वास्थ्य समस्या थिएन ।यो संगै दाङ जिल्लाका ५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *