२०८३ जेष्ठ २४ गते आइतवार

तुलसीपुरमा बुधवार १७ जना संक्रमित थपिए, जिल्ला भर ४७ थपिए


तुलसीपुर, असोज २१ । तुलसीपुरमा १७ जनासहित बुधवार दाङमा ४७ जना नयाँ संक्रमित थपिएका छन् । एकजना महिला र १६ जना पुरुष गरि १७ जना नयाँ संक्रमित थपिएका छन ।तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले ती बाहेक थप दूई जनाको फलोअप रिपोर्ट पनि पोजेटिभ आएको जानकारी दिए । ‘ बुधवार सबै गरि तुलसीपुरका १९ जना पोजेटिभ आएको हो,’ केसीले भने ‘ तर, दुई जना फलोअपका भएको हुँदा उनीहरुको गणना गरिदैन।’

बुधवार तुलसीपुर वडा नं. ६ मा २४ बर्षीया महिला र ३९ बर्षीय पुरुष, वडा नं. ७ मा २८ बर्षीय पुरुष, वडा नं. १२ मा २३ बर्षीय पुरुषमा संक्रमन फेला परेको छ । वडा नं. १६ मा २०,२२ र ३४ बर्षका तीन पुरुषलाई पनि संक्रमन पुष्टि भएको छ ।

त्यस्तै वडा नं. ५ मा सबैभन्दा धेरै ९ जना संक्रमित फेला परेका छन । जसमा २१,२३,२४,३१,३२,३३,३३,३५ र ३८ बर्षका पुरुष छन् । फेला परेका सबै संक्रमित समुदायकै रहेको फोकल पर्सन केसीले फरककोणलाई बताए । केसीका अनुसार हालसम्म तुलसीपुरमा कुल संक्रमितको संख्या २सय ६७ पुगेको छ । त्यसमध्य ६१ जना सक्रिय संक्रमित रहेका छन् । तुलसीपुरमा हालसम्म १ जना युवाको मृत्यु पछि कोरोना पुष्टि भएको छ ।

दाङभर एकैदिन ४७ थपिए
जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार बुधवार दाङमा ४७ जना नयाँ संक्रमित थपिएका छन् । बुधवार ७ महिनाको बच्चादेखि ६० बर्ष उमेरका मानिसहरुलाई संक्रमन फेला परेको छ । घोराहीमा १५, तुलसीपुरमा १७ (२ जना फलोअपसहित १९), लमहीमा ८ , शान्तिनगरमा २, गढवामा २ र दंगिशरणमा १ जना नयाँ संक्रमित थपिएका हुन ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ७१ जनाको नुमना पिसिआर विधिवाट परीक्षण गर्दा एकै दिन ४७ संक्रमित फेला परेको चन्दले जानकारी दिए । यो सहित दाङमा कुल संक्रमितको संख्या १ हजार ३ सय ३ पुगेको छ । त्यसमध्य १ हजार १ सय ५६ जना उपचार पछि घर फर्किएका छन् ।

बुधवार सम्म जिल्ला भर २ सय ४३ जना संििक्रय संक्रमित रहेको फोकल पर्सन चन्दले फरककोणलाई जानकारी दिए । हालसम्म दाङ ठेगाना भएका ४ जनाको मृत्यु पछि कोरोना संक्रमन पुष्टि भएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *