दाङ, असोज २१ । जंगली जनावर चितल मारेको अभियोगमा बाँके प्रहरीले दूई जनालाई पक्राउ गरेको छ ।
जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नं। ६ कुण्डाचोकबाट मंगलवार दिउँसो प्रहरीले मारेको चितलसहित दूई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही वडाका २३ बर्षीय सामेल रोका र नेपालगञ्ज उपमहानगरपालिका वडा नं। ६ निवासी २८ बर्षीय अञ्जन हमाल रहेका छन् ।
उनीहरुलाई डुडुवा गाउँपालिका वडा नं। ६ राप्ती नदी पुलवाट भे ८ प ५४६५ नम्वरको मोटरसाईलमा नेपालगञ्ज तर्फ आउँदै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्ककाले जानकारी दिए ।
रोकाले चलाएको मोटरसाईकलको पछाडि सवार हमालले २५÷२६ किलोको चितल बोरामा राखेर नेपालगञ्जतर्फ लैजाँदै गर्दा पक्राउ परेको डिएसपी खड्काले बताए ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ ९क० बमोजिम जंगली जनावर मार्नेलाई १० लाख सम्म जरिवाना र ५ बर्षदेखि १० बर्षसम्म कैद सजाय दुबै हुन सक्ने व्यवस्था गरिएको छ ।
यसैबीच पक्राउ परेकाहरु उक्त चितल राप्ती सोनारी गाउँपालिका वडा नं। ६ ढलैया निवासी रामु वलीवाट ११ हजार रुपैंयामा किनेर ल्याएको प्रहरी समक्ष वयान गरेका छन् ।