२०८१ चैत्र ९ गते शनिवार

दूईवटा पेस्तोलसहित बाँकेमा दूई व्यक्ति पक्राउ

दाङ, असोज २१ । बाँके प्रहरीले कटुवा पेस्तोलसहित दूई व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २० मनिकापुर निवासी ६२ बर्षीय सलिम नाँउ र नेपालगञ्ज १९ बासुदेवपुर निवासी ३३ बर्षीय इब्राहिम बेहना रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुवाश खड्काका अनुसार मंगलवार दिउँसो साढे ३ बजेतिर नरैनापुर गाउँपालिका वडा नं। ५ सर्वराजपुरुवाबाट पक्राउ गरिएको हो ।
प्रहरीलाई देखेपछि उनीहरुले प्लाष्टिकको बोरा भूईमा फालेर भाग्न खोजेका थिए ।

उनीहरुले फालेको बोरा खोलेर हेर्दा दूईवटा कटुवा पेस्तोल फेला परेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको डिएसी सुवाश खड्काले बताए ।

पक्राउ परेका मध्य ६२ बर्षीय सलिम नाँउले लगाएको स्टकोटको खल्तिमा ५ राउन्ड गोली समेत बरामद भएको डिएसपी खड्काले जानकारी दिए । घटनावारे अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *