२०८३ असार ११ गते बिहिवार

आत्महत्या रोकथामका लागि प्रहरीले चलायो १५ दिने अभियान

दुई महिनामा २ सय ८८ जनाले गरे आत्महत्या

तुलसीपुर,असोज २१ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बढ्दै गएका आत्महत्याका घटनालाई न्युनीकरणका लागि आत्महत्या रोकथान, चेतना अभियान र प्रयास नामक अभियान शुरु गरेको छ।

आत्महत्या गर्नेको संख्या निरन्तर वृद्धि भइरहेको अवस्थामा न्युनीकरणका लागि १५ दिने सचेतनामुलक कार्यक्रम शुरु गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता राजकुमार वैदवारले जानकारी दिए।

उनका अनुसार प्रभावित क्षेत्र समूहमा माईकिङ गर्ने, मिडियाहरुमा आत्महत्या न्यूनिकरणको चेतनामूलक सूचना प्रशारण गर्ने, आत्महत्या न्यूनिकरणमा संलग्न संस्था, आमा समूह, स्थानिय महिला बालबालिकालाई सहभागी गराई टोल, वडा, पालिका स्तरमा अन्तर्क्रिया तथा छलफल गर्ने, चोक चोकमा स(साना समुहमा चेतनामुलक प्लेकार्ड सहितका स्वयंसेवक परिचालन गर्ने जस्ता कार्यक्रम हुनेछन्।

यो अभियान जिल्ला प्रहरी कार्यालयहरु नवलपरासी ९पश्चिम०, रुपन्देही, कपिलवस्तु, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, दाङ, बाँके, बर्दिया, रुकुम ९पूर्व० र सो मातहतका ईलाका प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय, प्रहरी चौकी, अस्थायी प्रहरी पोष्ट सहित ३७७ प्रहरी ईकाइबाट दैनिक रुपमा सञ्चालन हुने उनले बताए।

प्रहरीले स्थानीय तह, वडा, सम्वन्धित संघ सस्था, उद्योग वाणिज्य संघ, अन्य सरोकारवाला निकायहरुसँग सहकार्य गरी नागरिक केन्द्रित गरी १००० वटा कार्यक्रम गर्ने लक्ष्य लिएको उनले बताए।

लुम्बिनी प्रदेश मा२०७४र०७५ मा पुरुष ५९९, महिला ४९२ गरी जम्मा १०९१ जनाले आत्महत्या गरेका थिए भने २०७५र०७६ मा पुरुष ५९१, महिला ५३७ गरी जम्मा ११२८ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।

यस्तै २०७६र०७७ मा पुरुष ७१७, महिला ५१९ गरी जम्मा १२३६ जनाले र चालु आर्थिक वर्ष २०७७र०७८ को साउन र भाद्रमा पुरुष १७७ महिला १११ गरी जम्मा २८८ जनाले आत्महत्या गरेका छन्।

प्रहरीले तीन वर्षको आत्महत्याका घटनाको विश्लेषण गर्दा उदासिनता, मादक पदार्थ र लागूऔषध दुरुपयोग, दीर्घरोगी, मानसिक स्वास्थ्य समस्या, घरेलु हिंसा, आफन्तको मृत्यू, गरिवी, बेरोजगारी, मायामा धोका, पढाईमा असफलता जस्ता आत्म हत्याका मुख्य कारणहरु देखिएको जनाएको छ।

जसलाई हाल विश्वभर फैलिएको महामारी कोभिड १९ को प्रभावले थप बल पुर्‍याएको छ। आत्महत्या गर्न सामाजिक संजाल र संचार उपकरणको दुरुपयोग, बालविवाह, बहुविवाह, ढाटेर अर्को विवाह गर्ने जस्ता कारणले पनि आत्महत्या गर्नेको संख्या बढिरहेको छ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *