२०८१ चैत्र ६ गते बुधवार

युथ अफ तुलसीपुरद्धारा तुलसीपुरमा प्रदर्शन

तुलसीपुर, असोज २१ । युथ अफ तुलसीपुरले बुधवार विहान तुलसीपुरमा प्रदर्शन गरेको छ । उनीहरुले प्रदर्शनका क्रममा बलात्कारीलाई मृत्यु दण्डको माग गरेका थिए ।

‘हिजो निर्मला, आज संझना, भोलि हजुरको कोही …? ’ लेखिएको व्यानरको मुन्तिर बलात्कारीलाई मृत्यु दण्डको व्यवस्था गर्न माग गरेका थिए ।

तुलसीपुरको एकान्त होटेल चोकवाट सुरु भएको उक्त ¥याली बीरेन्द्र चोकदेखि सितलपुर चोकसम्म पुगेर तुलसीपुर उपमहानगरपालिका अगाडि आएर कोण सभामा परिणत भएको थियो ।

युथ तुलसीपुरका अध्यक्ष वशन्त गिरीको अध्यक्षतामा भएको कार्यक्रमा एडमिन अरुण लहरे, आकाश भण्डारी लगाएले सम्वोधन गरेका थिए ।

उनीहरुले बलात्कारीलाई कडा भन्दा कडा कानुन नहुँदासम्म बलात्कारका घटना दोहरी रहने भन्दै मृत्यु दण्डको व्यवस्था गर्न मागपनि गरेका थिए ।

उपाध्यक्ष निशा कुँवरको स्वागत मनतब्यवाट कार्यक्रम सुरु भएको थियो ।

कार्यक्रमपछि तुलसीपुर उपमहानगरपालिकामा पुगेर उनीहरुले सोही आसयको ज्ञापन पत्र बुझाएका थिए ।

 

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *