२०८१ चैत्र ३ गते आइतवार

बुटवलमा कोरोनाबाट २ जनाको मृत्यु

बुटवल, असोज २१। बुटवलमा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। बुटवलको कोरोना विशेष आइसोलेसनमा दुई जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिएका छन । नवलपरासीको सुनवल नगरपालिका ५ का ७६ बर्षीय पुरुष र बुटवल उपमहानगरपालिका ९ का ५५ बर्षीया महिलाको मृत्यु भएको हो।

नवलपरासीका पुरुषको असोज १६ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि त्यही दिन बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका थिए। उनलाई दम र उच्च रक्तचापको समेत समस्या रहेको थियो। उनको गए राती पौने १ बजे मृत्यु भएको हो ।

त्यस्तै बुटवल ९ की ५५ बर्षीया महिला असोज १७ गते अस्पताल भर्ना भएकी थिइन्। पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि उनी सोही दिन अस्पताल भर्ना भएकी थिइन्।

उनको बुधबार बिहान साढे ५ बजे मृत्यु भएको हो। उनमा पनि कोरोना संक्रमण सगै उच्च रक्तचापको समस्या रहेको थियो । योसँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

प्रकाशित मिति : २०७७ असोज २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *