२०८३ असार १३ गते शनिवार

विराटनगरमा अस्पतालबाट हाम फालेका बिरामीको मृत्यु

काठमाडौं, असोज १९ ।विराटनगरमा अस्पताल भवनको दुई तलामाथिबाट हाम फालेर घाइते भएका एक बिरामीको उपचारका क्रममा मृत्यु भएको छ।

विराट नर्सिङ होम, विराटनगर अस्पतालको दोस्रो तलाबाट हामफालेका मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरको मृत्यु भएको हो।

‘उहाँ अस्पतालको दोस्रो तलाबाट हाम फाल्नुभएको रहेछ। उपचारकै क्रममा उहाँको सोमबार बिहान मृत्यु भयो,’ एसपी सन्तोष खड्काले भने।

गजमेरलाई उपचारका लागि शनिबार अस्पताल भर्ना गरिएको थियो। चिकित्सकहरूले बताएअनुसार गजमेर फोक्सोका बिरामी रहेको प्रहरीले बताएको छ।

उनको आइसियूमा राखेर उपचार भइरहेको थियो।

उनले सोमबार बिहान करिब साढे ५ बजे अस्पतालबाट हाम फालेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमको तयारी गरिएको प्रहरीले जनाएको छ।

उनले किन अस्पतालबाट हाम फालेका हुन् भन्नेबारे खुलेको छैन।

प्रकाशित मिति : २०७७ असोज १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *