तुलसीपुर, असोज १९ । सल्यानका एक किशोरमाथि आइतवार राति तुलसीपुरमा खुकुरी प्रहार भएको छ । सल्यानको बागचौर ७ निवासी १७ बर्षीय दण्डविर खड्कामाथि तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बरुवा गाउँमा खुकुरी प्रहारव घाइते भएको हो ।
खुकुरी प्रहारबाट घाइते खड्काको घाँटीमा गहिरो घाउ लागेको छ । घाइतेको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचार पछि थप उचाकार लागि राति नै बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता झलक शर्माले जानकारी दिए । खड्कामाथि तुलसीपुर ६ बरुवा गाउँस्थित शिव चौधरीले सञ्चालन गरेको मदिरा तथा किराना पसल बाहिर राति ९ बजेतिर खुकुरी प्रहार भएको थियो ।
प्रहरी निरिक्षक शर्माका अनुसार मदिरा पसल सञ्चालक १९ बर्षीय चौधरीका भाइ १५ बर्षीय दिपेश चौधरी र सोही ठाउँकै १५ बर्षकै सन्देश सुनारले खड्कामाथि खुकुरी प्रहार गरेका हुन । ‘मदिरा सेवन पछि अलि महंगो भाउ लगाउनु भयो भनेर खड्काको समुहले भनेपछि सामान्ने विवाद भएको रहेछ,’ प्रहरी निरिक्षक शर्माले भने ‘ तर, उनीहरु खाएको सबै पैंशा तिरेर बाहिर निस्किए पछि एकाएक खुकुरी प्रहार भएको देखिएको छ।’
घाइते खड्कापनि आफ्ना ३÷४ जना साथीहरुका साथ त्यहाँ मदिरा सेवन गर्न पुगेको प्रहरीले जानकारी दिएको छ । खड्कामाथि खुकरी प्रहार भएपछि अरु उनका साथीहरुमाथि पनि कुटपिट भएपछि उनीहरु भागेको प्रहरीले बताएको छ । घाइते खड्का स्वएंमपनि झन्डै ५०० मिटर जति दौडिएर भाग्न र बाँच्न सफल भएकोे प्रहरीले जानकारी दिएको छ ।
पसल सञ्चालक चौधरीले भएको सामान्ने बिवाद पछि आफ्नो भाइलाई फोन गरेर खुकरीसहित बोलाएको देखिन आएको प्रहरीले जानकारी दिएको छ । घाइते खड्का तुलसीपुर ६ बरुवागाउँकै बिजय फनिचर उद्योगमा श्रमिकको रुपमा काम गर्दै आएका छन् । यसैबीच प्रहरीले पसल सञ्चालक चौधरी,उनका भाइ र आक्रमणमा संलग्न सुनारलाई गएराति नै नियन्त्रणमा लिइसकेको जानकारी दिएको छ ।