२०८३ जेष्ठ २९ गते शुक्रवार

बाँकेमा दैलेखका कोरोना संक्रमित ५१ बर्षीय पुरुषको मृत्यु

दाङ, असोज १८ । आइतवार दिउँसो बाँकेको कोहलपुरमा दैलेखका एक जना ५१ बर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । यो संगै जिल्लामा बाहिरी जिल्लावाट उपचारका लागि बाँके पुगेका १० जना संक्रमितको मृत्यु भइसकेको छ । त्यस्तै बाँके जिल्लाका मात्रै थप २० जनाको मृत्यु भइसकेको छ ।

जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म बाँकेमा ३० जनाको मृत्यु भइसकेको छ ।
आइतवार दिउँसो १ ः३५ मा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दैलेख जिल्लाको नारायणपुर नगरपालिका वडा नं. ८ निवासी ५१ बर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।

आन्द्रा समेत फूटेको उनलाई कोरोना संक्रमण पुष्टि भएपछि असोज १८ गते राति १२ ः ४५ बजे शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । भर्ना गर्दाको समयमा नै ती पुरुषको अवस्था जटिल रहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । आइतवार पनि बाँकेमा कञ्चनपुरकी एक २९ बर्षीया सुत्केरीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७७ असोज १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *