दाङ, असोज १८ । दाङको भालुवाङ क्षेत्रलाई प्रदेश राजधानी तोक्न प्रदेश सरकारले गरेको प्रस्तावलाई नेपाली काँग्रेस दाङका नेताहरुले स्वागत गरेका छन् ।
नेपाली कांग्रेस क्षेत्र नं। ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नं। २ का सभापति भूपबहादुर डाँगी, क्षेत्र नं। १ का सभापति भेषराज पाण्डेले दाङको भालुवाङ क्षेत्रलाई प्रदेश राजधानी बनाउने प्रदेश सरकारको निर्णयको स्वागत गरेका हुन ।
यसअघि नै दाङवाट प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी, जिल्ला सभापति कीर्तिबहादुर खड्का, सचिव शंकर डाँगी लगाएका नेताहरुले फोन मार्फत दाङको देउखुरी क्षेत्रलाई राजधानी बनाउने प्रस्तावको स्वागत गरिसकेका थिए ।
प्रदेशसभा ङदाङलाई राजधानी बनाउन प्रस्तावमाथि सोमवार मतदान हुने कार्यतालिका छ । त्यसका पूर्व संन्ध्यामा नेपाली काँग्रेसका क्षेत्रीय सभापतिहरुले दाङलाई राजधानी वनाउने निर्णय स्वागत योग्य भएको भन्दै सबै प्रदेशसभा सदस्यहरुलाई दाङको पक्षमा मतदान गर्न अपिलपनि गरेका छन् ।
उनीहरुले दाङ राजधानी हुनु हेरक दृष्टिकोणले जायज भएको विज्ञप्ति मार्फत जनाएका छन् । प्रदेश ५ को केन्द्र भागमा पर्ने ठाउँ दाङबाट तत्काल सत्ता सञ्चालन भएको हेर्न प्रतिक्षरत रहेको उल्लेख समेत गरेका छन् ।
प्रदेशको राजधानी दाङको देउखुरी उपत्यका र लुम्बीनी नाम राख्ने विषयमा संसद सचिवालयमा पेश गरेको प्रस्ताव प्रदेशबासीका लागि उपयुक्त भएको भन्दै उनीहरुले त्यसको स्वागत प्रदेशसभा सदस्यहरुलाई सत्य र न्यायको पक्षमा मतदान गर्न अपिल पनि गरेका छन् ।
लामो समयदेखि पाँच नम्बर प्रदेशको राजधानी र नामको विषयमा टुंगो लाग्न नसकेको समयमा ढिलै भएपनि पायक पर्ने स्थान दाङको देउखुरी उपत्यकालाई राजधानी र शान्तिका दूत गौतम वुद्धको जन्मभूमी पवित्र स्थान लुम्बीनीको नामबाट प्रदेशको नामाकरण गरिनु स्वागतयोग्य कुरा भएको क्षेत्रीय सभापतिहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।